सकियो एक महिने कुम्भ मेला, ४० लाख सहभागी
विराटनगर । सुनसरीको चतराधाममा एक महिनाअघि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ । विधिवत रुपमा पूजा एवं स्नान गरी मेलाको हिजो समापन गरिएको हो ।
हिन्दु समुदायका लागि विशेष महत्वको मानिने यो मेला गत चैत २७ गते सुरु भएको थियो । यो अवधिमा ४० लाखभन्दा बढी श्रद्धालु भक्तजनले मेलामा सहभागिता जनाएको आयोजकले दाबी गरेका छन् ।
आयोजक समितिका उपाध्यक्ष किसन थापाका अनुसार मेलाका क्र...















