संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–२ स्थित भित्री सडक खण्डमा हिजो साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ करमखोलाको पुलबाट तल खस्दा ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चलाइरहेका उनका बुवा स्थानीय ३५ वर्षीय पुष्प बस्नेत घाइते भएका छन् । दुवैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

उपचारका क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उनको बुवाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!