Avatar photoRabin Katel

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहामा दुई समुहबीच झडप भएपछि स्थिति तनावपूर्ण भएको छ । झडपमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

Advertisement

स्थानीय युवकलाई निर्घात कुटपिट गरिएको विषयलाई लिएर दुई समूहवीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र ११ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनाले उग्ररूप लिने देखिएपछि प्रशासनले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement