संगालोखबर

सुनसरी । गर्मी अत्यधिक बढेर विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्य प्रभावित हुने अवस्था आएपछि सुनसरीको इटहरीका विद्यालयहरुमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिइएको जानकारी दिएको छ ।

Advertisement

उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै इटहरी उपमहानगरभित्र सञ्चालित संस्थागत, सामुदायिक, धार्मिक तथा सामुदायिक सिकाई केन्द्रहरूमा जेठ १७ र १८ गते २ दिन बिदा हुने जानकारी दिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको कारण बिदा दिइएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । इटहरी र आसपास क्षेत्रको तापक्रम अहिले ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चर्को कर्मीका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ ।

गर्मीकै कारण सार्वजनिक स्थानहरुमा चहलपहल कम देखिन थालेको छ । अत्यधिक गर्मीले गर्दा स्वास्थ्य समस्या पनि देखिन थालेको छ । गर्मीका कारण भएका बिरामी उपचार गर्न जाने बिरामी यहाँका स्वास्थ्य संस्थामा बढेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!