संगालोखबर


सुनसरी । भन्सार छलेर ल्याइएका २१ लाख रुपैयाँभन्दा बढीका सामान प्रहरीले सुनसरीको धरानमा बरामद गरेको छ । धरान उपमहानगरपालिका–८ स्थित अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको टोलीले अवैध सामान बरामद गरेको हो ।

प्रहरी टोलीले गएराति इटहरीबाट धरानतर्फ जाँदै गरेका विभिन्न सवारी साधनहरुलाई जाँच गर्दा बिलबिजक नभएको विभिन्न कम्पनीको पेय पदार्थ, सिमेन्ट, र गाडीका पार्ट्सहरु फेला पारेको थियो ।

Advertisement

बरामद सामानको मूल्य करिब २१ लाख २६ हजार ८२८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा ती सामान बुझाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!