संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने उक्त पालिकाको भण्टाबारीमा नम्बर नखुलेको एम्बुलेन्सको ठक्करले बुधबार राति मृत्यु भएका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका तराई मूलको जस्तो देखिने अन्दाजी ५५ का ती पुरुषलाई उपचारका लागि स्थानीय एम्स अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने एम्बुलेन्सको खोजी भइरहेको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!