संगालोखबर

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलबाट इनरुवा नगरपालिका–६ का २६ वर्षीय सुशान्त खनाललाई पक्राउ गरेको हो ।

उनको साथबाट ३ ग्राम ९१ मिलिग्राम ब्राउनसुगर र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । सोही टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बाट सुन्दरहरैँचा नगरपालिका–७ मोरङका २० वर्षीय बिमल चौधरी र २१ वर्षीय निकेश चौधरीलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट ३ ग्राम ४९ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ बाट सुनसरी, दुहबी–२ का २० वर्षीय सुशान्त चौधरीलाई २ ग्राम ३९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

यस्तै, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ बाट दमक नगरपालिका–९ का २७ वर्षीय आशीष खडियालाई ५ ग्राम १०० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!