संगालोखबर

सुनसरी । नेकपा (एमाले) सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । जिल्ला कमिटीको आठौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले कूल खसेको मत ६८१ मध्ये ३८३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी खेमराज पोखरेलले २८७ मत प्राप्त गरे ।

Advertisement

उपाध्यक्षमा पर्शुराम यादव निर्वाचित भएका छन् । उनले ३३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी नन्द बस्नेतले ३२८ मत प्राप्त गरे ।

यसैगरी, सचिवमा ३८८ मत ल्याएर राम कोइराला निर्वाचित भए । उनका प्रतिस्पर्धी पदम लिम्बूले २७० मत पाए ।

उपसचिवमा महिलातर्फ ४३८ मत ल्याएर इन्द्रकला राई निर्वाचित भइन् । प्रतिस्पर्धी कमला मगरले १९१ मत प्राप्त गरिन् ।

यस्तै, पुरुषतर्फ उपसचिवमा ३८५ मत ल्याएर यामकुमार सुब्बा निर्वाचित भए । उनका प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!