संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । लागूपदार्थ ब्राउनसुगरसहित प्रहरीले सुनसरीमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाकी एक युवती र भारत, दार्जिलिङका युवक छन् ।

पक्राउ पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४ की २१ वर्षीया जमुना कार्की र दार्जिलिङका ३५ वर्षीय जिन तामाङ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच्ने क्रममा उनीहरुको साथमा ब्राउनसुगर फेला पारेको थियो ।

उनीहरुको साथबाट प्रहरीले ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीले उनीहरुबारे थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!