संगालोखबर

विराटनगर । सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एकजना युवकको हत्या भएको छ । आज साँझ इटहरी उपमहानगरपालिका-७ मा भएको घटनामा मृत्यु हुने स्थानीय २८ वर्षीय रामकुमार पण्डित छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार पुरानो रिसइबीका कारण स्थानीय ३३ वर्षीय उमेश चौधरीले पण्डितलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डीएसपी भण्डारीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार आक्रमण गर्ने चौधरीलाई हत्यामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!