संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको इनरुवाबाट ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ । भारतीय नम्बर प्लेटको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली पैसा फेला परेको हो ।

Advertisement

इनरुवा-४ स्थित सुनसरी खोलाको पुल नजिक आइतबार ट्राफिक प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा नक्कली पैसा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाडीभित्र पछाडिको भागमा बोराभित्र झोलामा राखिएको अवस्थामा नक्कली नोट फेला परेको हो । बरामद भएका सबै नोट १ हजार दरका छन् ।

नक्कली नोट फेला परेपछि प्रहरीले गाडी चालक भारतको वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक जना फरार भएका छन् ।

भारतबाटै नक्कली पैसा लिएर आएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!