संगालोखबर

विराटनगर । बोरामा हालेर उखुको पातले छोपेको अवस्थामा सुनसरीमा ठूलो परिमाण गाँजा फेला परेको छ । उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

Advertisement

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले गएराति एक क्विन्टल गाँजा बरामद गरेको हो ।

बर्जू गाउँपालिका–४, हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपेर लुकाएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । तीनवटा बोरामा हालेर गाँजा उक्त स्थानमा लुकाएको पाइएको थियो ।

तस्करी गर्ने उद्देश्यले गाँजा लुकाएर राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले फेला पारेको थियो । गाँजा कसले लुकाएको हो भन्ने खुलेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!