संगालोखबर

सुनसरी । सुनसरीको दुहबी र इटहरीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । दुहबी नगरपालिका–९ छाताबेलीका ११ परिवारलाई राहत वितरण गरिएको हो ।

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितिमा पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी हुन् ।

प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता, १ सेट डिग्निटी किट, १ सेट झुललगायत सामग्री पीडितलाई दिइएको छ ।

त्यसैगरी, इटहरी नगरपालिका–७ रामजानकी टोलका आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ । खड्काको परिवारलाई सहयोगस्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा र गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा राहत हस्तान्तरण गरिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!