संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा सुनसरीमा एकजनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको घटनामा स्थानीय २२ वर्षीय पवन यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार अपराह्न स्थानीय राजेन्द्र रामको खेत जोत्दै गर्दा को २ त ४२५० नम्बरको ट्याक्टर पल्टिएको थियो । त्यसका चालक यादव गम्भीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । उपचार हुँदै गर्दा उनको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!