संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । मंगलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू सामान्य घाइते भएका छन् । ...


























