संगालोखबर

संखुवासभा । संखुवासभाका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी नगरपालिका–११ आङ्ला गाउँका स्थानीय बासिन्दाको तीनवटा घर बगाएको छ । अन्य दर्जनौं घरमा क्षति पुगेको छ ।

Advertisement

बुधबार राति अविरल वर्षासँगै झरेको पहिरोले कोक्तिमा स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परी मणिप्रसाद राई घाइते भएका छन् ।

खाँदबारी–४ सेकाहाका चारवटा घरमा क्षति भएपछि परिवार विस्थापित बनेको उनले बताए । विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । बाढीपहिरोका कारण स्थानीयले लगाएको बालीनालीमा पनि क्षति पुगेको छ । कतिपय स्थानमा बाटो क्षतिग्रस्त बनेका छन् ।

यसैगरी, खाँदबारी–५ र ६ नम्बर वडामा आएको बाढीले ११० परिवार विस्थापित भएका छन् । यस्तै, धुपू–बाह्रबीसे जोड्ने माल्टाखोलाको पक्की पुल बाढीका कारण जोखिममा परेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय संखुवासभाले बाढीपहिरो प्रभावितको उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ । बाढीबाट प्रभावित भएकाहरुको यकिन संख्या संकलन भइरहेको प्रशासनले जनाएको छ । यसैगरी बाढीपहिरोबाट भएको क्षतिको विवरण पनि स्थानीय स्तरबाट संकलन भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!