संगालोखबर
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको सभाखोला गाउँपालिका–१ लेब्राङमा सभाखोलाले बगाएर एकजनाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–३ का ३३ वर्षीय भेषराज काल्पा मगरको बगेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा गाई तार्ने क्रममा उनी बगेका थिए । बगेर बेपत्ता भएका उनको खोजी गरिएको थियो । त्यस क्रममा बगाएको स्थानबाट करिब चार किलोमिटर तल रिपेनी घाटमा उनको शव फेला परेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल खाँदबारी पठाएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!