संगालोखबर


संखुवासभा । उत्तरी छिमेक चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका खुला हुने भएको छ । कोरोना महामारीका बेला चीन सरकारले २०७६ माघ ५ देखि उक्त नाका बन्द गरेको थियो ।

जेठ १२ गतेदेखि उक्त नाका खुला गरिने भएको हो । त्यस क्षेत्रका बासिन्दाले चीनको बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । नाका बन्द भएपछि स्थानीय बासिन्दालाई समस्या पर्दै आएको थियो । भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।

Advertisement

जेठ १२ गतेदेखि खुल्ने जानकारी आएको संखुवासभाको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिएका छन् । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको उनले बताए ।

भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १६२ किलोमिटर टाढा पर्छ । स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!