संगालोखबर
फाइल तस्वीर

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लामा पहिरोले तीनवटा घर बगाएको छ । बुधबार रातिदेखि भएको अबिरल वर्षापछि झरेको पहिरोले तीनवटा घर बगाएको हो । घटनामा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार पहिरोले स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Advertisement

घर बगाएपछि पीडितहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न तयार पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!