संगालोखबर

धनकुटा । संखुवासभाका पत्रकार दुर्गेश पौडलले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिहिवार उनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

Advertisement

संखुवासभाको धर्मदेवी नगरपालिका–६ मा रहेको विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई एक वर्षभर पुग्ने शैक्षिक सामग्री वितरण गरेका थिए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई हौसला प्रदान गरी पढाईमा सुधार होस् भनेर शैक्षिक सामग्री वितरण गरेको बताए ।

हरेक बर्षको जन्मदिनमा धर्मदेवी नगरपालिका–६ का कुनै एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने अठोट गरेको उनले बताए ।

यस वर्ष वडाको माथिल्लो क्षेत्रमा रहेको विद्यालयका २१ जना विद्यार्थीलाई उनले शैक्षिक सामग्री वितरण गरेका थिए । प्रत्येक विद्यार्थीलाई एक–एक दर्जन कापी र एक दर्जन पेन गरी जम्मा ६ हजार ७ सय २० रुपैयाँ बराबरको सामग्री वितरण गरेको पौडेलले जानकारी दिए ।

विद्यार्थीहरुलाई करिब एक बर्षसम्म पुग्ने शैक्षिक सामग्री वितरण गरेर सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक गायत्र महतले पौडेललाई धन्यवाद दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!