संगालोखबर

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका–२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार पहिरोको उच्च जोखिममा परेका २४ परिवार छिमेकी र आफन्तको घरमा बसिरहेका छन् । बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

सातायता लगातार भइरहेको बर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ । बाढी पहिरोले एकुवा खोलाको करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको प्रशासन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!