संगालोखबर


संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै बुधबार प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशबकुमार शाक्यविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

Advertisement

विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ३ हजार ४५५, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल उपर गर्न माग गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!