संगालोखबर

संखुवासभा । वर्षासँगै परेको चट्याङले संखुवासभामा ७२ वटा भेडा मरेका छन् । जिल्लाको सभापोखरी गाउँपालिका–५ पेरुम्बामा दुई दिनअघि मध्यरातमा परेको चट्याङ लाग्दा भेडीगोठमा रहेका भेडा मरेका हुन् ।

Advertisement

प्रहरीका अनुसार स्थानीय सोमबहादुर लिम्बुको भेडीगोठमा रहेका ७२ वटा भेडा मरेका हुन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी नायब निरीक्ष्क हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।

उक्त टोलीसँगै सभापोखरी गाउँपालिकाबाट पशु प्राविधिक सहितको टोली पनि खटिएर स्थलगत जाँचबुझ तथा घटनास्थल मुचुल्का बनाउने काम भएको प्रहरीले जनाएको छ । उक्त घटनामा करिब १४ लाख रुपैयाँको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!