संगालोखबर

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आएका दुईजना आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवावासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका हुन् ।

Advertisement

पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित साउथ समिट नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका हुन् ।

दुवै जनाले जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका थिए । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २२ चैतमा एटके एक्सपिडिसन प्रालि मार्फत् आरोहणका लागि आएका थिए ।

उनीहरुको खोजी गर्न कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!