संगालोखबर

संखुवासभा । संखुवासभाको चैनपुरमा भएको सवारी दुर्घटनामा नगरपालिकाका कर्मचारीको मृत्यु भएको छ । चैनपुर नगरपालिका–८ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ४९ वर्षीय पदम श्रेष्ठको मृत्युृ भएको हो । उनी चैनपुर नगरपालिकाको योजना शाखाका कर्मचारी हुन् ।

Advertisement

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत चैनपुर–सभाखोला सडक खण्डको घुमाउरो ठाउँमा शनिबार बेलुका दुर्घटना भएको हो । चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१–०२ ख ८२४९ नम्बरको टिपरले श्रेष्ठ सवार को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो । टिपर चालक चैनपुर–१० खराङका ३४ कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!