सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…
धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका-२ स्थित मायादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई काठ बोक्न लगाएपछि सबत्र आलोचना भएको छ । पठन-पाठन प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न लगाएको भन्दै आलोचना भएको हो ।
केहिदिन अगाडि विद्यालयले चार कक्षामाथिका विद्यार्थीलाई काठ बोक्न खटाएको थियो । विद्यार्थीहरूले विद्यालयका शिक्षकहरूको आग्रहमा पढाइनै छाडेर काठ बोक्न गएको बताए । पढाइ नै प्रभावित पारेर व...






























