संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् ।
आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्र...