संगालोखबर


संखुवासभा । चट्याङ लागेर संखुवासभाको चिचिलामा एक महिलाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ आले भन्ने स्थानमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाएर आगो तापिरहेको अवस्थामा बुधबार राति पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!