संगालोखबर

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । मंगलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

जलविद्युत आयोजनाले कामदारहरु बस्नका लागि बनाउका क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । मंगलबार भएको वर्षापछि उक्त स्थानमा पहिरो खसेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!