संगालोखबर

संखुवासभा । एक किशोरीलाई धाकधम्की दिंदै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई धम्क्याएर गत जेठ १ गते जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय गयामणि राई (देवान) लाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पीडित परिवारका तर्फबाट जेठ ५ गते प्राप्त भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीका क्रममा मादी नगरपालिका–६ मा हिँडिरहेको अवस्थामा फेला पारिएको थियो ।

पीडित पक्षले जेठ ६ गने प्रहरीमा औपचारिक रुपमा लिखित जाहेरी दिएको थियो । त्यसअनुसार प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुसार जबर्जस्ती करणी मुद्दामा म्याद थप गराइ अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार किशोरीको स्वास्थ्य जाँच लगायत प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!