संगालोखबर
फाइल तस्वीर

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहिवारदेखि बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले जोखिम हुन सक्ने भन्दा फेरी सञ्चालन बन्द गरिएको हो ।

भोजपुरको षडानन्द नगरपालिका–६ र खाँदबारी–९ मा पर्ने सतिघाटस्थित अरुण नदीमा फेरी सञ्चालनमा थियो । पक्की पुल नहुँदा फेरीको मद्दतले सवारी साधनका साथै दैनिक उपभोग्य वस्तु एवं यात्रुहरुलाई तार्ने गरिएको थियो ।

Advertisement

षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको छ । षडानन्दका नगर प्रमुख सुरेन्द्रकुमार उदासले वर्षा सुरु भएसँगै पानीको बहाव बढेकाले फेरी बन्द गर्नुपरेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!