संगालोखबर

विराटनगर । कोरोना महामारीका बेला बन्द भएको संखुवासभाको किमाथांका शनिबारदेखि खुला भएको छ । त्यस बेला चीन सरकारले बन्द गरेका किमाथांकासहित १३ जिल्लाका १४ वटामध्ये सातवटा नाका खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा उच्च अधिकारीहरुको उपस्थितिमा किमाथांका नाका खुलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रसुवागढी, तातोपानी, यारी र कोरला व्यापारिक नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् । उत्तरी नाका नेपालको हिमाली क्षेत्रका बासन्दाले आफ्ना उत्पादन चीनतर्फ बेच्न र चीनबाट उपभोग्य बस्तु ल्याउन प्रयोग गर्दै आएका थिए ।

नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीच ७ वटा परम्परागत सीमा व्यापार केन्द्र पुनः खोलिएको बताउँदै यसले सीमापार व्यापारलाई बढावा दिने र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने बताएका छन् ।

किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महागोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो । भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १६२ किलोमिटर टाढा पर्दछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!