मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए । डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...





























