मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा आज बिहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।
मुटु सम्बन्धीसमस्या देखिएपछि भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएका तामाङको आज बिहान ११ बजेतिर मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए ।
जेलर बरालले संगालोखबरसँग भ...






























