विराटनगर । नेपाल-चीन सीमा क्षेत्रस्थित तिब्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको ठूलो धक्का नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । पूर्वी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको उत्तरी क्षेत्र सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ लगायत क्षेत्रमा ठूलो धक्का महसुस भएको हो ।
धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, ओलखढुंगा, इलाम, पाँचथर, उदयपुर, मोरङ, सुनसरी, झापा लगायत क्षेत्रमा पनि भूकम्पले हल्लाएको छ । भूकम्पले हल्लाएपछि मानिसहरू घरबाहिर निस्किएका छन् । भूकम्पको ठूलो धक्का महसुस भएपछि काठमाडौंमा पनि मानिसहरू घरबाहिर निस्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।