संगालोखबर

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ की एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको बिहार अररिया जिल्लाका १८ वर्षीय महमद गुल्जार छन् । गुल्जार कटहरी-२ मा बस्दै आएका थिए ।

पुस ९ गते कटहरी गाउँपालिका-२ कदमगाछी स्थित बाँसघारी नजिक युवती अर्धचेत अवस्थामा भेटिएकी थिइन् । मोरङ प्रहरीका अनुसार दुबै हात र खुट्टाहरू कपडाले बाँधेको र मुखमा समेत कपडा कोचेको अवस्थामा युवतीको उद्धार गरिएको थियो ।

उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार घर छेउमा रहेको जुडी खोलामा बिहान साढे ४ बजे शौच गर्न निस्किएकी उनलाई तीन जना आएर एकजनाले पछाडिबाट मुख छोपेर सफारीमा राखेको पाइएको हो ।

डीएसपी जोशीले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख भएअनुसार सो स्थानबाट तीन किलोमिटर उत्तर-पूर्व बाँसघारीमा लगेर जबरजस्ती गरेको पाइएको उल्लेख छ ।

बलात्कारपछि सारीको कपडाले हातखुट्टा बाँधेर मुखमा समेत कपडा कोचेर उनीहरू फरार भएका भन्ने पीडितले दिएको बयानका आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान गरेको थियो ।

उनीहरूलाई प्रहरीले सोही दिन पक्राउ गर्न सफल भएको थियो । उनीहरूका सम्बन्धमा आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग र  जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!