महालक्ष्मीको दमारका कृषकलाई अनुदानमा च्याप कटर मेशिन वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ दमार खाप्राङ्गका पशुपालक कृषकहरुलाई अनुदानमा च्याप कटर मेशिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १५ जना कृषकहरुलाई एक/एक वटा च्याप कटर मेसिन वितरण गरेको हो ।
ढुवानीसहित ३७ हजार मूल्य पर्ने सो मेसिन खरिदमा समृद्धिले ११ हजार १ सय अनुदान उपलब्ध गराएको छ । दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगर...





























