पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल...
१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

झापा । झापाको काँकडभिट्टा नाका हुँदै आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।  उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको तथ्याङ्क छ । उक्त नाकाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो न...
एसियन थाइ फुड्सले ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ ल्यायो बजारमा

एसियन थाइ फुड्सले ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ ल्यायो बजारमा

विराटनगर । एसियन थाइ फुड्सले टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको छ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्सले चाउचाउको नयाँ उत्पादन सुरु गरेको हो । टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार चाउचाउ तयार गरिएको एसियन थाइ फुड्सले जनाएको छ । मास्टरशेफ शाहको वर्षौको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चा...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन तोलाको एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जन...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ पर्नेछ । सुर्खेत र दाङ वरपर १७० तथा काठमाडौं, पोखरा र दिपायल ...
२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

विराटनगर । चालू आर्थिक वर्षको ११ महिनामा २ करोड ६१ लाख रुपैयाँ बराबरको रुद्राक्ष चीन निर्यात भएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको तथ्यांक छ । चीनमा ८० लाखभन्दा बढी तथा अमेरिकामा ६० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको जनाइएको छ । पूर्वी नेपालका संखुवा...
दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । किसानले दुधको करोडौं रुपैयाँ भुक्तानी नपाइरहेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट संकलन गरेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मुख्यमन्त्री कार्कीले आयोजनाका आज कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको रकम भुक्तानीको लागि आग्रह गरेका हुन् । आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी...
धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटा । धनकुटाका दुग्ध किसानले सात महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले १३ करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजना विराटनगरले दुधको रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा दुध उत्पादक किसानहरु छन् । छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तीखर्क दुग्ध उत्पादनक सहकारी संस्था लिमिटेडमा दैनिक १ हजार ...
चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड २९ लाख २३ हजार बराबरको बजेट पारित गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष टंकमायाँ पाङ्गमीले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ८ करोड ८४ लाख, राजश...
मोरङमा बढ्यो चैत धान उत्पादन

मोरङमा बढ्यो चैत धान उत्पादन

विराटनगर । मोरङमा चैते धान उत्पादन बढेको छ । गत वर्षभन्दा पाँच हजार ५६० मेट्रिक टन बढी धान उत्पादन भएको हो । गत वर्ष एक लाख २३ हजार २०० मेट्रिकटन उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वृद्धि भई एक लाख २८ हजार ७६० मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६०० मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो वर्ष ए...
१ अर्ब २६ करोडभन्दा बढीको कुचो निर्यात

१ अर्ब २६ करोडभन्दा बढीको कुचो निर्यात

विराटनगर । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो (कुचो) निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यसपटक बढी निकासी भएको जनाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत निकासी भएको थियो । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने गरेको छ । २५ प्रतिशत...
रारा गोल्डकपको आय-व्यय सार्वजनिक

रारा गोल्डकपको आय-व्यय सार्वजनिक

धनकुटा । धनकुटाको राजारानीमा गत जेठमा सञ्चालित ११ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ । आयोजक संस्था रारा फुटबल क्लबले आइतबार राजारानीमा कार्यक्रम आयोजना गरेर आय-व्यय सार्वजनिक गरेको हो । राजारानीमा जेठ १० देखि १६ गतेसम्म फुटबल प्रतियोगिता र १३ देखि १६ गतेसम्म चण्डिपूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको पनि आम्दानी तथा खर्च विवरण सार्वजनिक...
तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार ४०० निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा २...
उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरुका आधारमा स्थानीय उद्योग व्यवसाय सुहाउँदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुरु गरेको छ । गत साता सम्पन्न उद्योग संगठनको ५१औं वार्षिक साधारण सभा उद्घाटन अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए । क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित ग...
एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ । विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन । अब ...
२७ देश पुग्छ नेपालको छुर्पी

२७ देश पुग्छ नेपालको छुर्पी

इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख...
११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

विराटनगर । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी अर्थात् ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल आयात भएको छ । यसैगरी, ८८ करोड ...
सहिदभूमिको बजेट ४५ करोड ५८ लाख

सहिदभूमिको बजेट ४५ करोड ५८ लाख

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४५ करोड ५८ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा आइतबार भएको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राईले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ३७ लाख बजेट विनियोजन गरिएको छ । व्यावसायिक पशुपालन का...
कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

विराटनगर । मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा भारतबाट आउने कार्गो रेल नियमित हुन सकेको छैन । गत वर्ष जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका बेला भारतको बथनाहादेखि कच्चापदार्थ बोकेर रेल आएको थियो । त्यसयता भने कार्गो रेलले निरन्तरता पाउन सकेको छैन । भारतको कोलकाता बन्दरगाहबाट आउने चार प्रकारको सामान मात्र कार्गो रेलबाट ल्याउन अनुमति भएकाल...
११ महिनामा ७ अर्ब ४७ करोडको अलैंची निर्यात

११ महिनामा ७ अर्ब ४७ करोडको अलैंची निर्यात

  विराटनगर । मुलुकबाट निर्यात हुने वस्तुहरुको सूचीमा पूर्वी पहाडी जिल्लाको मुख्य उत्पादन अलैंची अग्रणी स्थानमा पर्छ । यसको निर्यातबाट उल्लेख्य आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अलैंची मुख्य रुपमा कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गर्छ । सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा उत्पादन हुने अलैंची, इलाम, पाँचथर, धनकुटा, सं...
सुनको मूल्य तोलामा १९ सयले बढ्यो

सुनको मूल्य तोलामा १९ सयले बढ्यो

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन प्रति १० ग्राम १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुप...
भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

विराटनगर । तत्कालका लागि एक अर्ब रुपैयाँ भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । भुक्तानी नपाएको भन्दै किसान र दुग्ध उत्पादक संस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै आएका थिए । काठमाडौंस्थित दुग्ध विकास संस्थान (डीडीसी) घेराउ गर्नेलगायत आन्दोलनका कार्यक्रम गर्दै आएका उनीहरुले सरकारी आश्वासनपछि आन्दोलन स्थगन गरेका हुन् । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रा...
रोकिएको भुक्तानी दिन माग गर्दै दुध उत्पादक किसान आन्दोलित

रोकिएको भुक्तानी दिन माग गर्दै दुध उत्पादक किसान आन्दोलित

विराटनगर । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै किसानहरु फेरि आन्दोलित भएका छन् । ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै किसानका प्रतिनिधिले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि बुधबार प्रदर्शन गरेका छन् । त्यस क्रममा डीडीसी कार्यालयमा तालाबन्दी गर्न खोज्ने केही किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको केही स...
संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर

विराटनगर । संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम घटेपछि कोशी प्रदेशमा बजेटको आकार घटेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम रहेको बताए । उनले आगामी वर्षको बजेटमा पर्यटन र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘अन्य क्षेत्रला...
कोशी प्रदेशमा ४२ आयोजनाबाट ५१४ मेगावाट बिजुली उत्पादन

कोशी प्रदेशमा ४२ आयोजनाबाट ५१४ मेगावाट बिजुली उत्पादन

विराटनगर । कोशी प्रदेशमा हाल ५१४.२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कोशीका विभिन्न जिल्लामा रहेका ४२ वटा जलविद्युत् आयोजनाबाट त्यति परिमाण बिजुली उत्पादन भइरहेको हो । प्रदेश योजना आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ११ वटा आयोजनाबाट १२१ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । चार वर्षमा ३९३.२ मेगावाट विद्युत् थपिएको हो । कोशी प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ सम्म २५०० मेगावाट उत्पादन ...
घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विरा...
कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकासलगायतका योजनालाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको हो । यसपटक अघिल्लो बजेटभन्दा करिब एक अर्ब र...
आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीको हुने जनाइएको छ । बजेटले मुख्य रुपमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक गर्नका लागि शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा केही सानो आकारको बजेट ल्याउन लागिएको ह...
२ अर्ब ५० करोडको चिया र कफी निर्यात

२ अर्ब ५० करोडको चिया र कफी निर्यात

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा दुई अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । उक्त अवधिमा ९८ लाख ४९ हजार २८९ चिया र कफी निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको दुई करोड ६० लाख सात हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो । नेपालमा उत्पादन हुने अध...
छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको व...
सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

विराटनगर । उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्थाहरु मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सरकारको आर्थिक नीतिमा गरिनुपर्ने सुधारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका छन् । ती संस्थाका प्रतिनिधिले काठमाडौंमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरी सुधारका सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् । टोलीमा संघका अध्यक्ष अनुपम राठी, ...
error: Content is protected !!