संगालोखबर

विराटनगर । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार बैङ्क प्राइम कमर्सियलले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

Advertisement

अन्य ७ वटा बैङ्कले ब्याजदर स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका हुन् ।

१२ वटा बैङ्कले ब्याजदर घटाएका छन् । यसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैङ्कहरूको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झर्ने भएको छ ।

ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इनभेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । एनएमबी र एनआईसी एसिया बैङ्कको उक्त दर हो । राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

कुन बैंकको ब्याजदर कति ?  

बैंक ब्याजदर (साउन) ब्याजदर (भदौ)
कृषि विकास ६.२९ ६.०६५
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
नेपाल एसबीआई ६.३ ६.२५
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.७१
प्राइम ६.५ ६.७५
नेपाल ६.२५ ५.२५
सानिमा ६.४ ६.२
सिटिजन्स ६.७५ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६.७५ ६.५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ्रे
प्रभु ६.१
एनएमबी ७.५३ ७.४१
एनआईसी एसिया ७.५३ ७.४१
हिमालयन ७.५
एभरेस्ट ६.३ ६.१

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!