संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड २९ लाख २३ हजार बराबरको बजेट पारित गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष टंकमायाँ पाङ्गमीले बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकाले वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ८ करोड ८४ लाख, राजश्व बाँडफाँड (केन्द्र) बाट ८ करोड ५६ लाख ८९ हजार, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट ५२ लाख ४३ हजार, राजश्व बाँडफाँड (प्रदेश) बाट ४१ लाख ३१ हजार, आन्तरिक आयतर्फ ९० लाख र ससर्त अनुदान तर्फ ३० करोड ४ लाख ६० हजार आय हुने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिए ।

कुल पुँजीगत खर्चतर्फ ३ करोड ९१ लाख, कुल चालु खर्चतर्फ ८ करोड २७ लाख र वडाको कुल २ करोड ३२ लाख गरेर १४ करोड ५० लाख खर्च हुने अनुमान गरिएको दाहालले जानकारी दिए । गाउँपालिकाले विषयगत शाखातर्फ ३८ करोड ८४ लाख ६६ हजार ५ सय बजेट खर्च हुने अनुमान गरेको छ ।

गाउँपालिकाले शिक्षा शाखातर्फ २ करोड ५७ लाख ५४ हजार ५ सय, स्वास्थ्य शाखातर्फ ६८ लाख ७४ हजार, कृषि शाखातर्फ ४० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

यस्तै, पशु शाखातर्फ २८ लाख ५० हजार, सामाजिक विकास महिलातर्फ ३६ लाख ५ हजार, पालिका स्तरीयतर्फ २ करोड ५४ लाख, खेलकुदमा ८३ लाख, धर्मसंस्कृतितर्फ ८ लाख, न्यायतर्फ ६ लाख ७० हजार, अन्य योजनातर्फ ९९ लाख ३ हजार र ससर्त अनुदान तर्फको खर्च अन्तरगत ३० करोड ४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!