संगालोखबर

विराटनगर । एसियन थाइ फुड्सले टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको छ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्सले चाउचाउको नयाँ उत्पादन सुरु गरेको हो ।

Advertisement

टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार चाउचाउ तयार गरिएको एसियन थाइ फुड्सले जनाएको छ । मास्टरशेफ शाहको वर्षौको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बजारमा ल्याइएको एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले बताए । ‘मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौँ’, जाजुले भने ‘६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुन्छ । यो चाउचाउले उपभोक्तालाई आहा क्या मिठो भन्न बाध्य पार्नेछ ।’

‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको यो चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङजस्ता सबै पक्ष अब्बल रहेको कम्पनीको दावी छ । उत्कृष्ट उत्पादन भएकाले टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्न धेरै समय लागेको मास्टरसेफ शाह बताउँछन् । यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने उनले विश्वास व्यक्त गरे ।

२०५६ मा स्थापना भएको एसियन थाई फुड्सले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो । विगत २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टु पिएम जस्ता ब्राण्डहरू बजारमा ल्याएको छ । टु पिएम र रमपम ब्रान्ड अन्तर्गतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध छन् । कम्पनीले ३० भन्दा बढी मुलुकमा चाउचाउ निर्यात गर्ने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!