संगालोखबर

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ ।

Advertisement

विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन ।

अब प्रभावकारी रूपमा कार्यान्वयनका लागि परिपत्र जारी गरिएको सहकारी विभागले जनाएको छ । परिपत्रअनुसार नगरिए कारबाही गरिने भएको छ । यो निर्देशन सहकारी संघहरूलाई पनि लागू हुने विभागले उल्लेख गरेको छ ।

विभागले सहकारी व्यवस्थित बनाउन भन्दै ६ बुँदे निर्देशन जारी गरेको छ । ‘सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्याका कारण सहकारी संघसंस्था तथा सदस्यहरूको व्यवसायसमेत प्रभावित भएको हुँदा यस क्षेत्रको पुनरुत्थानका लागि निर्देशन जारी गरिएको छ,’ विभागले भनेको छ ।

आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाहमार्फत सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुनुपर्ने, ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्नुपर्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!