संगालोखबर

विराटनगर । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा यो १६.५ प्रतिशतले बढी हो ।

Advertisement

यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको छ । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ६० हजार १०३ रहेको छ ।

यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!