संगालोखबर

विराटनगर । किसानले दुधको करोडौं रुपैयाँ भुक्तानी नपाइरहेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट संकलन गरेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Advertisement

मुख्यमन्त्री कार्कीले आयोजनाका आज कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको रकम भुक्तानीको लागि आग्रह गरेका हुन् । आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरका साथै मधेश प्रदेशको सप्तरीका समेत गरी किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

आयोजना प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्ला रुपमा बिक्री भइरहेको दुधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताएका छन् ।

आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दुध बिक्री गरिरहेको उनको भनाइ छ । आयोजना प्रमुख चौधरीसहितका कर्मचारीहरूलाई कार्यालयमा बोलाएर दुध उत्पादकको भुक्तानी सहज रुपमा गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्रीले आग्रह गरेका थिए ।

धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!