काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ ।