मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । ५० अर्ब ८१ करोड राजश्व सङ्कलनको लक्ष्य राखेको भएपनि ३० अर्ब ३५ करोड १५ लाख रुपैयाँ अर्थात ५९.७३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

Advertisement

साउन महिनामा २ अर्ब ८५ करोड २९ लाख अर्थात ८१.५७ प्रतिशत राजश्व सङ्कलन गरेको विराटनगर भन्सारले भदौमा २ अर्ब ५३ करोड १९ लाख अर्थात ५६.८१ प्रतिशत राजश्व सङ्कलन गरेको छ । साउनमा ३ अर्ब ४९ करोड ७६ लाख राजश्व सङ्कलनको लक्ष्य लिएको भन्सार कार्यालयले भदौमा ४ अर्ब ४५ करोड ६५ लाख राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यस्तै, असोजमा ४ अर्ब ८४ करोड ७७ लाख राजश्व सङ्कलनको लक्ष्य भएपनि २ अर्ब ९१ करोड ५३ लाख अर्थात ६०.१४ प्रतिशत मात्रै राजश्व संकलन भएको सूचना अधिकारी परशुराम दाहालले जानकारी दिए । कात्तिकमा ४ अर्ब २१ लाख राजश्व सङ्कलनको लक्ष्य भएपनि १ अर्ब ९१ करोड ३२ लाख अर्थात ४७.८१ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको उनले बताए ।

मंसिरमा ४ अर्ब २५ करोड ११ लाख राजश्व संकलनको लक्ष्य लिएको विराटनगर भन्सारले २ अर्ब ४५ करोड १२ लाख अर्थात ५७.६६ प्रतिशत, पुसमा ४ अर्ब २८ करोड ४२ लाख राजश्व सङ्कलनको लक्ष्य लिएको मा २ अर्ब ३८ करोड ५ लाख अर्थात ५५.५७ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ ।

माघमा ४ अर्ब ३ करोड २१ लाख राजश्व सङ्कलनको लक्ष्य लिएकोमा २ अर्ब ४५ करोड ३५ लाख अर्थात ६०.८५ प्रतिशत, फागुनमा ४ अर्ब ४० करोड ३५ लाखको लक्ष्य लिएकोमा २ अर्ब ७७ करोड ४४ लाख अर्थात ६३.०१ प्रतिशत मात्र राजश्व सङ्कलन भएको सूचना अधिकारी दाहालले जानकारी दिए ।

चैतमा ४ अर्ब ३ करोड ४९ लाख राजश्व सङ्कलनको लक्ष्य लिएकोमा २ अर्ब २९ करोड ८७ लाख अर्थात ५६.९८ प्रतिशत, बैशाखमा ४ अर्ब २१ करोड लक्ष्य लिएको मा २ अर्ब ३३ करोड ८४ लाख अर्थात ५५.५४ प्रतिशत राजश्व सङ्कलन भएको दाहालले जानकारी दिए । यस्तै, जेठमा ४ अर्ब ५३ करोड ७९ लाख राजश्व संकलनको लक्ष्य लिएकोमा २ अर्ब ८७ करोड ६१ लाख अर्थात ६३.३८ प्रतिशत र असारमा ४ अर्ब २५ करोड ७५ लाख राजश्व सङ्कलनको लक्ष्य लिएकोमा २ अर्ब ५६ करोड ५४ लाख अर्थात ६०.२६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको सूचना अधिकारी दाहालले जानकारी दिए ।

आव २०७९–८० मा ६० अर्ब ३ करोड ५२ लाख २५ हजार राजश्व सङ्कलनको लक्ष्य लिएको मा ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार रुपैयाँ अर्थात ५५.२० प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । आव २०८०/८१ म निर्यातभन्दा आयात १ खर्ब ३६ अर्ब ७२ करोड २३ लाख रुपैयाँले वृद्धि भएको पाइएको छ । १ खर्ब ९८ अर्ब ३३ करोड ९८ लाख ९३ हजार व्यापार मध्ये १ खर्ब ६७ अर्ब ५३ करोड ११ लाख २७ हजारको आयात भएको छ भने  ३० अर्ब ८० करोड ८७ लाख ६६ हजार रुपैयाँको सामग्री निर्यात भएको दाहालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!