संगालोखबर

विराटनगर । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो (कुचो) निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यसपटक बढी निकासी भएको जनाइएको छ ।

Advertisement

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत निकासी भएको थियो । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने गरेको छ । २५ प्रतिशत कुचो भने देशभित्रै खपत हुने गरेको तथ्यांक छ ।

कोशी प्रदेशका इलाम, पाँचथर र संखुवासभामा बढी अम्रिसो उत्पादन हुन्छ । यस्तै, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, पाल्पामा पनि उल्लेख्य परिमाणमा अम्रिसो उत्पादन हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!