विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आज सुन तोलाको एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।