बाख्रा पालेर वर्षमा १५ लाख कमाउँछन् बुढाथोकी
मोरङ । मोरङको सुन्दरहरैंचाका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट सुन्दरहरैंचाको कुमारगाउँमा बसाइ सरेका बुढाथोकीले बाख्रापालनबाट वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।
१२ कक्षासम्म अध्ययन गरेका बुढाथोकीले पाँच वर्ष अघिदेखि कृषि फार्म सञ्चालन गर्दै आएका छन् । बाख्रापालनबाट वर्षमा १५ लाख आम्दानी गर्न सफल भएको बुढाथोकी बताउँछन् । चार वटा बाख्राबाट व्...


























