संगालोखबर

विराटनगर । मोरङमा चैते धान उत्पादन बढेको छ । गत वर्षभन्दा पाँच हजार ५६० मेट्रिक टन बढी धान उत्पादन भएको हो । गत वर्ष एक लाख २३ हजार २०० मेट्रिकटन उत्पादन भएको थियो ।

Advertisement

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वृद्धि भई एक लाख २८ हजार ७६० मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६०० मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो वर्ष एक हजार २०० सम्म मूल्य पाइरहेको जनाइएको छ ।

मोरङमा गत वर्ष २२ हजार हेक्टरमा रोपाइँ भएकामा यस वर्ष २२ हजार २०० हेक्टर जमिनमा चैते धान रोपिएको ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्षभन्दा यस वर्ष २०० हेक्टर बढीमा चैते धान रोपिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!