संगालोखबर

विराटनगर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार ४०० निर्धारण भएको छ ।

Advertisement

शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार ८७० मा कारोबार भएको चाँदी आजका लागि एक हजार ८९० निर्धारण भएको महासंघले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!