संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा गत जेठमा सञ्चालित ११ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरिएको छ । आयोजक संस्था रारा फुटबल क्लबले आइतबार राजारानीमा कार्यक्रम आयोजना गरेर आय-व्यय सार्वजनिक गरेको हो ।

Advertisement

राजारानीमा जेठ १० देखि १६ गतेसम्म फुटबल प्रतियोगिता र १३ देखि १६ गतेसम्म चण्डिपूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको पनि आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । ती कार्यक्रममा ४४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ आय तथा ४५ लाख २ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

फुटबल प्रतियोगितामा ३२ लाख ७० हजार ६ सय ६५ आय तथा ३४ लाख ६१ हजार ४ सय ४५ रुपैंया खर्च भएको रारा फुटबल क्लबका सचिव जीवन कटुवालले जानकारी दिए । यता, मेलातर्फ ११ लाख ७० हजार ९ सय आम्दानी तथा १० लाख ४१ हजार खर्च भएको बताइएको छ ।

रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालसहित वडाध्यक्षहरू पनि सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!